लोसपामा थपिए ८ केन्द्रीय सदस्य

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ८ केन्द्रीय सदस्य थप गरेको छ। अध्यक्ष महन्थ ठाकुरले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।मनोनीत हुनेमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेका छन्।योसँगै लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय बनेको छ