०३ बैशाख २०८२, बुधबार

६ बर्षपछि एमयुमा आज स्ववियु निर्वाचन हुँदै

सुर्खेत । छ वर्षपछि आज मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ ।

नौ वटा विद्यार्थी संगठन र एक जना स्वतन्त्र उम्मेद्वार आज हुने निर्वाचनका लागि चुनावी मैदानमा होमिएका छन् । २०७३ सालको भदौ पछि मध्यपश्चिम विश्वविद्यालयमा चुनाव भएको थिएन ।

६ वर्ष पछि चुन लागेको निर्वाचनमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु क्रान्तिकारीबिच प्रतिस्पर्धा हुने अनुमान छ । ४ हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहन्छ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ ।

दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । त्यसपछि कार्य समितिमा ५ पदाधिकारी र १२ जना सदस्य रहन्छन् । मध्यपश्चिम विश्वविद्यालयमा मुख्य तीन राजनितिक दलका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु क्रान्तिकारी एक्लाएक्लै चुनावी मैदानमा होमिएकाले स्ववियु निर्वाचन झन् रोचक बनेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]