०६ बैशाख २०८२, शनिबार

रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दा (अभियोगपत्र) आज (शुक्रबार) अदालतमा दर्ता गर्ने तयारी गरेको छ ।मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरिएकाले उनीविरुद्ध आजै अभियोजन दर्ता गरिने तयारी गििरएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई आठौँ पटक म्याद थपिएको छ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी भने ६ असोजमा पक्राउ परेका थिए ।

जोशीसँगै पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेको पनि म्याद मिलान गरिएका कारण आजसम्ममा अभियोगपत्र दायर गरिसक्नुपर्ने छ ।शनिबार बिदा परेका कारण थुनछेक बहस भने आइतबारदेखि सुरु हुनसक्ने बताइएको छ ।प्रहरीले अनुसन्धान थालेको ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानुनी प्रावधान छ । लामिछाने जोडिएकै कसूरमा आरोपित गोर्खा मिडियाका अर्का सञ्चालक जोशी पक्राउ परेको असोज ६ गतेबाटै उक्त अवधि गणना हुने कानुनी प्रावधान छ ।सोहीअनुसार ९० दिनमै अभियोजन हुन लागेको हो । प्रहरीले जोशीसहित फरार रहेका मुख्य अभियुक्त जीबी राई समूहका अन्य कर्मचारी एवं सहकारीसँग जोडिएका व्यक्तिहरूलाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ ।

कास्की प्रहरीले सोमबार लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।प्रहरीको प्रतिवेदनमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गर्न सुझाव दिइएको छ । सूर्यदर्शन सहकारीको रकम हिनामिनासम्बन्धी अनुसन्धानमा कास्की प्रहरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सघाएको थियो ।रास्वपा सभापति लामिछाने जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । हिरासतमा उनी सुतिरहेको अवस्थाको तस्वीर बाहिरिएपछि यसले तरंग पैदा गरेको छ ।तस्वीर सार्वजनिक भएको घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]