०९ बैशाख २०८२, मंगलबार

एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरे

काठमाडौँ, ५ पुसः सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेका छन् । कम्पनीको अनलाइन बैंकिङ प्रणाली ह्याकिङ गरी खाताबाट पैसा चोरी भएको हो ।सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको खातामा भएको यस्तो ह्याकिङमा अन्तर्राष्ट्रिय समूह संलग्न रहेको आशंका गरिएको छ । कम्पनीको उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । एफवान सफ्ट इसेवा, फोनपेजस्ता चर्चित मोबाइल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने कम्पनी हो । कम्पनीले सफ्टवेयर तथा प्रविधि विकास गरी बिक्री– वितरणको भुक्तानी सो खातामा जम्मा गर्दै आएको थियो । दुई महिनाअघि पटक–पटक गरेर सो खाताबाट अनलाइन बैंकिङमार्फत विभिन्न खातामा पैसा ट्रान्सफर भएको हो ।

केही खाताधनीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान भर्खरै सुरुवाती चरणमा रहेको साइबर ब्युरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक दीपकराज अवस्थी बताउँछन् । स्रोतका अनुसार कर्पाेरेट बैंकिङ प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याएर खाताबाट रकम चोरी भएको छ । बैंक खाता कसरी ह्याकिङ भयो भन्नेमा प्रहरी, बैंक तथा सो कम्पनीका अधिकारी दुई महिनासम्म अन्योलमा छन् ।यसरी चोरी गरिएको रकम नेपालमै विभिन्न व्यक्तिको खातामा लगिएको छ । कतिपयको टिकटबापतको रकम भुक्तानी गरिएको छ । वैदेशिक रोजगारीमा रहेकालाई हुन्डीको कारोबार मिलाउन नेपालको खातामा पैसा हालिएकाले यसमा अन्तर्राष्ट्रिय गिरोहकै संलग्नता देखिएको प्रहरी अधिकारी बताउँछन् । यस्तो खालको बैंकिङ ह्याकिङ नयाँ खालको भएकाले समग्र बैंकिङ क्षेत्रकै लागि समेत चुनौती बनेको छ । ह्याकिङ कसरी भयो भन्नेमा अझै पत्ता लगाउन नसकिएको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com