०३ बैशाख २०८२, बुधबार

‘देशमा राजतन्त्र ल्याउने ठाउँ नै छैन, कहाँबाट ल्याउनु ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले देशमा राजतन्त्र ल्याउने ठाउँ नभएको बताएका छन् ।

शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपति प्रणालीगत र शासकिय सुधार, निर्वाचन प्रणालीमा सुधारहरु गर्न सकिने तर राजा आउने कुरा भ्रम भएको बताएका हुन् ।

‘राजतन्त्र ल्याउने ठाउँ नै छैन । धेरै जनाले नबुझी राजतन्त्र आउँछ भन्छन् तर त्यो संभव छैन् । राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधारलगायत क्षेत्रमा काम गर्न सकिन्छ । त्यसैले राजा आउँछ भनेर भ्रममा नपरौं ।’

साथै उनले अहिलेको सापेक्षतालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमै जानु उपयुक्त हुने बताए । उनले एउटा कसैले चाहँदैमा राजा नआउने र राजा ल्याउनको लागि हरेका दलभित्र बहस हुनुपर्ने बताए ।

उनले भने, ‘विभिन्न दल मिलेर संविधान बनाएको हो । त्यसैले राजा आउने र ल्याउने कुरामा बहस दलभित्रै हुनुपर्छ । दल भनेको त हतियार वा साधन हो नि । धर्म त परिवर्तन हुन्छ भने पार्टी परिवर्तन नहुने हो र ?’ उनले अगाडि भने,‘अहिलेको सापेक्षतामा आर्थिक, सामाजिक अवस्था, विविधता, जटिल भूराजनीतिक सबै अवस्थालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा नै जानुपर्ने देखिन्छ ।’

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]