साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न

देवराज यादव। सुनसरीको कोशी गाऊपालीका वडा नं. ८ भन्टाबारीमा साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ  ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ३३ आै लैंगिक हिंसा विरुद्धको १६ दिवशिय अभियानमा साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न भएको हो  ।

प्रहरीले स्थानीय सप्तकोशी माध्यमिक विधालयका विधार्थीहरुलाई लक्षित गरेर साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न गरेको छ  ।कार्यक्रममा प्रहरी प्र.ना.नि. नरेश कुमार कट्‌वालको सहजिकरण तथा प्रशिक्षण दिनुभएको थियो । साइबर अपराध र बाल विवाह हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनिकरणको लागि चाल्नु पर्ने कदम र कानुनी व्यवस्थाहरुको बारेमा अभिमुखिकरण गरिएको थियो ।

कट्‌वालले विधार्थीहरुलाई प्रशिक्षण दिनुहुदै साइबर अपराध त्यस्तो प्रकृतिको अपराध हो जसले कम्प्युटर वा विद्युतीय उपकरणलाई माध्यम बनाई वा अर्काको कम्प्युटरमा अनधिकृत पहुँच स्थापित गरी आपराधिक मानसिकताबाट अरुलाई दुःख दिने वा हानी नोक्सानी पुर्‍याउने एउटा सामाजिक अपराध भएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी बालबालिका स्वयम्ले बाल विवाहको कारण परेको असरहरुको बारेमा उदाहरण प्रस्तुत गर्दै बाल विवाह नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा सहजीकरण गर्दै  इलाका प्रहरी कार्यालय भन्टाबारीबाट प्र.ना.नि. नरेश कुमार कट्‌वाल  विद्यालयमा बाल विवाहको अवस्थाको बारेमा समेत छलफल र जानकारी लिनुभएको छ कार्यक्रममा विद्यालयको कक्षा ७ देखि  ९ सम्मका अध्ययनरत विद्यार्थी, शिक्षकहरुकाे सहभागीता रहेको थियो ।