०३ बैशाख २०८२, बुधबार

रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा

रौतहट । गर्मीको सुरुवातसँगै रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप देखिन थालेको छ ।

पश्चिमा तातो हावासँगै फैलदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन् ।

जंगली जनावरहरु डढेलोबाट जोगिन सुरक्षित आश्रय स्थल तिर भाग्ने गरेको स्थानीयहरु बताउँछन् । अहिले दैनिक जसो यहाँ वन जङ्गलमा डढेलो लाग्ने गरेको स्थानिय विकाश सुबेदीले बताए । उनका अनुसार वन जङ्गलमा डढेलो संगै हिउँदमा वन्यजन्तु चोरी निकासी प्रमुख समस्या देखिन्छ ।

डढेलोले जंगली जनावरहरु बासस्थान छाडी वस्ती आसपास र राजमार्गमा देखापर्ने गरेकाले सिकारीहरुलाई समेत वन्यजन्तु शिकार गर्न सजिलो भएको उनको भनाइ छ ।

जिल्लाको उतरी भेगमा लमहा, पौराई, गैडाटार, चन्द्रनिगाहपुर, भोलनटार, सिमरी, बलेरी, जंगलसैया, भैसहीलगायतका जंगल क्षेत्रमा डढेलो बढि लाग्ने गरेको पाईन्छ ।गर्मीमा सुरुवात भएदेखि नै डढेलो लाग्ने गरेकोले वन जङ्गल नजिकको बस्तीमा पनि जोखिम उतिकै रहेको चन्द्रपुर नगरपालिका वडा न ६ का वडाअध्यक्ष सहदेव के.सी.ले बताए ।

चिम्नीटोल र डाबरी टोलको नजिकमा रहेको वनमा डढेलो लागेको थियो । उनका अनुसार सामुदायिक तथा साझेदारी बन संगै जोडिएको बस्ती नै जोखिममा परेपछी शनिबार दिउँसो वरुण यन्त्र (दमकल) को सहयोगमा डढेलो नियन्त्रणमा लिइएको हो ।

चौपाया चराउन र घाँस दाउरा लिन जानेहरुले चुरोट–बिडी सेवन गरी फालेको ठुटोबाट वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । अर्कोतर्फ वस्तुभाउ चराउन जाने गोठालाले नयाँ घाँस उम्रिने भन्दै आफैसमेत आगो लगाउने गरेका छन् ।

वन जङ्गलमा डढेलो नलगाउन डिभिजन वन कार्यलय रौतहटले आग्रह गरेको छ । यदपी वनमा डढेलो लगाउने कार्यमा सग्लनको पहिचान गरि कार्वाही गरिने उल्लेख गरेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]