०६ बैशाख २०८२, शनिबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ११ जना घाइते

दाङ — घोराहीमा शुक्रबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० का ४४ वर्षीय दिलिप केसी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए ।दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको उनले जानकारी दिए ।दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका १०, गुर्जे खोलानजिक ठोक्किएका थिए ।बस चालक घोराही-१८, फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी थापाले बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]