०३ बैशाख २०८२, बुधबार

मुगालीहरूले बजारको खाद्यान्नभन्दा सरकारी खाद्यान्नलाई बढी प्राथमिकता दिन थाले

मुगु । मुगुमा कुनै बेला सरकारी खाद्यान्न गोदाम खाली हुने, त कहिल्यै भोकमरीको समाचार बाहिर आउने गरेको थियो । पछिल्लो समयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा ११ प्रकारका खाद्यान्न, तेल, चिनी, दाल बजारमा बिक्री गर्ने व्यापारीहरूभन्दा सस्तो र सहज उपलब्ध गराउन थालिएको छ । यसले गर्दा पछिल्लो समयमा मुलागीहरूले बजारको भन्दा सरकारी खाद्यान्नलाई बढी प्राथमिकता दिन थालेका छन् ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले मुगुमा अरुवा मोटा, जिरा, सोना, सोना मध्य, बासमती, मसिनो, मन्सुली, भिटामिनयुक्त जस्ता ३० केजीको बोरामा चामल उपलब्ध गराउन थालेको छ । यसले गर्दा बजारमा बिक्री हुने चामलको मूल्यभन्दा ३ सयदेखि ५ सयसम्म सस्तो मूल्यमा खाद्यान्न उपलब्ध भइरहेको छ ।

गत आवको १२ महिनामा ८ करोडसम्मको खाद्यान्न कारोबार भएको थियो । यो आ.व. ०८१÷०८२ मा मात्रै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले गमगढीबाट ५ करोड ४५ लाख ८६ हजार २ सय ७० रुपैयाँ, सेरुकोट डिपोबाट ५४ लाख ४० हजार ८ सय १० रुपैयाँ, श्रीकोट डिपोबाट ९४ लाख ३० हजार २ सय २५ रुपैयाँ, र पुलु डिपोबाट ६५ लाख २० हजार गरी ७ करोड ५९ लाख ७७ हजार ३ सय ५ रुपैयाँको कारोबार गरेको थियो । साउनदेखि फागुनसम्मको बिक्री वितरण गत वर्षको तुलनामा यस वर्ष बढी भएको देखिएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख जयचन्द्र न्यौपानेले बजारभन्दा सस्तो, राम्रो र सहज रूपमा ७ प्रकारका चामल र अन्य खाद्यान्न जस्तै तेल, चिनी, दाल बिक्री भइरहेको बताए ।

पूर्वका वर्षहरूमा चामल लिनको लागि बिहानैदेखि लाइनमा बस्नुपर्ने र दिनमा १० केजी चामल लिन ठूलो युद्ध जित्ने जस्तो परिस्थिति थियो । अहिले भने खाद्यान्न सस्थानमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म आफ्ना आर्थिक स्थितिअनुसार चामल किन्ने सुविधा उपलब्ध भएको छ ।

बजारको चामलभन्दा सरकारी खाद्यान्नको चामल एक प्याकबाट ३ सयदेखि ५ सयसम्म सस्तो मूल्यमा पाउने र अन्य बचेका रकमले घरमा थप चिनी, तेल र साबुन किन्ने गरेको स्थानीय प्रेमदेवी बुढाले बताएकी छन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]