०३ बैशाख २०८२, बुधबार

मन्त्री साहद्वारा २५ जना अशक्त व्यक्तिलाई अत्याधुनिक ह्वीलचेयर वितरण

सप्तरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले आइतबार आफ्नो गृहनगर हनुमाननगर कंकालिनी नगरपालिकामा आयोजित विशेष समारोहका बीच २५ जना शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई अत्याधुनिक ह्वीलचेयर वितरण गरेका छन्।

रोटरी क्लब अफ बर्दिवास र रोटरी क्लब अफ मेट्रो काठमाडौंको सहकार्यमा उपलब्ध गराइएका यी प्रविधियुक्त ह्वीलचेयरहरू जीवनयापनमा कठिनाइ भोगिरहेका नागरिकहरूका लागि ठूलो सहारा बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा मन्तव्य दिँदै मन्त्री साहले शारीरिक अशक्तता भएका व्यक्तिहरूप्रति राज्य र समाज दुवैको गम्भीर जिम्मेवारी रहेको उल्लेख गर्दै यस्ता सहयोगात्मक पहलहरूले उनीहरूलाई आत्मनिर्भर बन्न उत्प्रेरणा दिने विश्वास व्यक्त गरे।

उहाँले भने, “सरकारका कार्यक्रमहरू केवल नीति र कागजमा सीमित हुन हुँदैन, त्यसले प्रत्यक्ष रूपमा नागरिकको जीवनमा परिवर्तन ल्याउनु आवश्यक छ। म सधैं क्रियाशील रूपमा जनताको सेवामा समर्पित छु।”

मन्त्री साह विगतदेखि नै सामाजिक उत्तरदायित्वप्रति सजग, समर्पित र मानवीय भावना सम्पन्न व्यक्तित्वका रूपमा परिचित रहँदै आएका छन्। जनसरोकारका विषयमा सक्रिय सहभागिता जनाउँदै आएका मन्त्री साहको यो कार्यले स्थानीयवासी र लाभान्वितहरूमा विशेष उत्साह र सम्मानको भावना उत्पन्न भएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवीहरू, सञ्चारकर्मीहरू तथा लाभान्वित नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]