०३ बैशाख २०८२, बुधबार

हनुमाननगर कंकालिनी नगरपालिकामा मास्टर विद्युतीय मिटर जडान, किसान लाभान्वित

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले कृषकहरूलाई लक्षित गर्दै मास्टर विद्युतीय मिटर जडानको कार्य सुरु गरेको छ। प्रारम्भिक चरणमा वडा नम्बर १ भारदह र वडा नम्बर ४ गंगापुरमा मिटर जडान गरिएको हो।

शनिबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्वीच थिचेर यस मिटरको औपचारिक उद्घाटन गरे। नगरप्रमुख बिरेन्द्र माझीका अनुसार यी दुबै स्थानमा १०० केभिएको ट्रान्सफर्मर जडान गरिनुका साथै मास्टर मिटर राखिएको छ। एक ट्रान्सफर्मरबाट करिब १५० पानी तान्ने मोटर सञ्चालन गर्न सकिनेछ।

महत्वपूर्ण कुरा के छ भने, किसानले चलाएका सबै मोटरहरूको विद्युत महसुल नगरपालिकाले व्यहोर्नेछ। विद्युत प्राधिकरणले मासिक महसुलको बिल नगरपालिकालाई पठाउनेछ र त्यसको भुक्तानी नगरपालिकाले गर्नेछ।

वडा नम्बर १ भारदह केरा खेतीका लागि प्रसिद्ध छ भने वडा नम्बर ४ गंगापुरमा केरा लगायत अन्य बालीहरू पनि फलाइन्छ। नगरप्रमुख माझीले आगामी दिनमा थप पाँच स्थानमा पनि यस्तै मिटर र ट्रान्सफर्मर जडानको तयारी भइरहेको जानकारी दिए।

अघिल्लो व्यवस्थाअनुसार, किसानले व्यक्तिगत रूपमा मिटर लिने गर्दथे तर लालपूर्जा नहुने किसानहरू यो सेवाबाट वञ्चित थिए। अब लालपूर्जा नहुने कृषकले पनि विद्युत सेवा उपयोग गर्न पाउनेछन्। “मेरो कार्यकालको सुरुवातमै गरिएको निर्णयलाई व्यवहारमा उतार्न थालेको छु,” माझीले बताए।

नगरपालिकाको यो कदमबाट स्थानीय किसानहरू उत्साहित छन्। उनीहरू उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्दै नगरपालिका प्रति आभार व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]