०३ बैशाख २०८२, बुधबार

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । उनले देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितको रक्षा सम्वद्र्धन, भूगोल एवम स्वतन्त्रताको रक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।सोमबार हिमालयन संवाद कार्यक्रममा बोल्दै

स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरुको रक्षा र सम्वद्र्धन, भूगोल एवम स्वाधिनता, स्वतन्त्रता साथै स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय हितहरुको रक्षा गरेर अगाडि बढ्छौं ।’साथै उनले नेपाल प्राकृतिक रुपमा धनी भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई धेरै महत्व दिनुपर्ने पनि बताए । उनले प्रकृतिका हिसावले अगाडि भएपनि विकास निर्माणका पक्षहरुमा नेपाल पछाडि नै रहेको बताए ।उनले भने, ‘प्रकृतीको प्रदूषणलाई स्वच्छ बनाउने, सफा पार्ने आफ्नै खालको मेकानिजम छ । प्रदूषण भयो भने सफा गर्दै लगिन्छ । जबसम्म पृथ्वी रहन्छ तबसम्म दुनियाँमा आरामको जिन्दगी बाँच्न पाउन भन्ने कुरा सोच्न जरुरी छ । प्रकृतिमा धनी छौं, त्यसकारण अन्तर्राष्ट्रिय

सम्बन्ध धेरै महत्वपूर्ण छ । हामी विकासमा अलि पछाडि छौं । आज आएर पछाडि परेको होइन्, इतिहासदेखि नै पछाडि पारियो ।’यसैगरी ओलीले देशमा सामन्ती शासनले गर्दा शिक्षालाई बन्देज गरिएकाले देश विकासमा पछि परेको बताए । उनले ३०÷३२ वर्ष नेपाललाई अलि नयाँ युगतिर अगाडि बढाउँदै लगिरहेको समेत बताए ।उनले भने, ‘हाम्रो आफ्नै देशमा सामन्ती शासन भयो । जसले शिक्षालाई बन्देजको विषय बनाइदियो । महिलाहरुलाई चुलोचौकोमा मात्र बस्नुपर्ने, बर्को ओडेर जीवन कटाउनुपर्ने, हाँस्न, कसैसँग बोल्न नपाइने जस्ता सामन्ती प्रणाली भएकाले सम्पूर्ण स्रोतहरुलाई कब्जा गरियो । जनताका बारेमा कुनै शासकले सोचेनन् । जसका कारण नेपाल गरिब भयो ।’

ओलीले राष्ट्रिय हितमा अडिक रहेर
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]