०३ बैशाख २०८२, बुधबार

गोजीबाट योजना छनोट गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ : मन्त्री दाहाल

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पहुँचका आधारमा योजना छनोट गर्ने चलनको अन्त्य गर्नुपर्ने बताएका छन् । कुनै पहुँचवाला वा शक्तिमा रहेको व्यक्तिको प्रभावका भरमा योजना तर्जुमा गर्न नहुने उनको भनाइ छ ।काठमाडौंको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसको ३४औ वार्षिक उत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै आवश्यकता र प्राथमिकतामा आधारमा छनोट भएका योजना मात्र प्रभावकारी र उपयोगी हुने बताए ।‘कुन योजना वा पूर्वाधारले कति नागरिकलाई सुविधा दिन्छ, यो कति आवश्यक छ, यसले आर्थिक विकास र उपार्जनमा कति सहयोग पुर्‍याउँछ भन्ने कुरालाई ध्यान दिन जरुरी छ,’ मन्त्री दाहालले भने, ‘कसैका गोजीबाट योजना छनोट हुने र राज्यको स्रोत खर्च गर्ने परिपाटी अन्त्य गर्नु पर्छ ।’प्राविधिक तथा जीवन उपयोगी शिक्षामा जोड दिन सके स्वदेशमा नै युवाहरू टिक्न सक्ने वातावरण बन्ने भन्दै उनले आफ्नै देशमा गरिखान सक्ने सीप र शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]