०६ बैशाख २०८२, शनिबार

आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

रौतहट । आफ्नै छोरीलाई करणी गरेको आरोपमा पर्सा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।

नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र साइबर ब्युरो भोटाहिटी काठमाडौँको संयुक्त प्रहरीको टोलीले चैत २२ गते दिउँसो ३ बजेको समयमा बुवालाई पक्राउ गरेको हो ।

बाल यौन शोषण सामग्री सहितको भिडियो भएको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

उनका अनुसार आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियो समेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको छ । डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा बुवालाई पक्राउ गरि अनुसन्धान थालिएको उनले बताए ।

पक्राउ परेका बुवाको परिचय भने प्रहरीले गोप्य राखेको छ । उनी विरुद्ध करणी सम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरीले जारी गरेको विवरणमा उल्लेख गरेको छ ।

उनी विरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप भैसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]