०३ बैशाख २०८२, बुधबार

थुनुवालाई छुटाउने भनेर रकम लिने तीन पक्राउ

काठमाडौँ, ६ पुस :लागूऔषध मुद्दामा थुनामा रहेका व्यक्तिलाई थुनामुक्त गराइ दिन्छु भनेर रकम लिने तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउँद, २२ वर्षीय रमेश साउँद र १९ वर्षीय हर्क साउँद रहेका छन् । थुनुवाको परिवारबाट लिएको ३९ हजार पाँच सय  भारुसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । धनगढी उपमहानरपालिका–१ बाट लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिका परिवारबाट उनीहरुले रकम लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।थुनुवा मुक्त गर्ने भनेर थुनुवाका परिवारबाट रकम लिनेहरुलाई पक्राउ गरेर सोधपुछ गर्दा बाँकी रकम थुनुवालाई छुटाइसकेपछि लिने भनेर मोलमोलाइ भएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]