०६ बैशाख २०८२, शनिबार

कमिसन आरोप कपोलकल्पित : वन मन्त्री साह

जनकपुर । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले आफूमाथि लागेका कमिसन सम्बन्धी आरोपहरूलाई खारेज गर्दै ती आधारहीन, भ्रामक र कपोलकल्पित भएको स्पष्ट पारेका छन् ।

विभिन्न संचारमाध्यममा मन्त्री साहको नाम जोड्दै मधेश प्रदेश सरकारका विकास योजनामा कमिसन लिएको भनी प्रकासन र प्रसारण गरिएको समाचारप्रति मन्त्री साहको गम्भीर ध्यानाकर्षण भएको छ ।

मन्त्री साहले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपहरू राजनीतिक पूर्वाग्रहका आधारमा बनाईएको दाबी गरेका छन् ।

प्रेस विज्ञप्तिमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका–११ मा रहेको घुर्मि खोलामा तटबन्ध निर्माण सम्बन्धी योजना बिक्री गरिएको भनी सार्वजनिक समाचारप्रति पनि खण्डन गरिएको छ ।

मन्त्री साहका अनुसार हालसम्म उक्त योजनाको लागि वडा कार्यालयमा कुनै पत्राचार नभएको र उपभोक्ता समिति पनि गठन नभएकाले योजना बिक्री वा कमिसनको प्रश्न नै उठ्दैन ।

मन्त्री साहले जनमत पार्टी नेतृत्वको प्रदेश सरकार सुशासन र भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको मार्गमा रहेको उल्लेख गर्दै, पार्टीको लोकप्रियताले त्रसित केही समूहले मन्त्रीको चरित्र हत्या गर्न यस्ता आरोप लगाएको आरोप समेत लगाएका छन् ।

मन्त्री साहले यस प्रकारका समाचार प्रकाशन गर्दा यथार्थ र प्रमाणमा आधारित भएर मात्र प्रकाशन गर्न आग्रह गरेका छन् । मन्त्री साहले यदि आफूमाथि लगाइएको कुनै पनि आरोप प्रमाणित भएमा कानूनबमोजिम कारबाही भोग्न तयार रहेको स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]