०९ बैशाख २०८२, मंगलबार

एनपीएल फाइनल : सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेमला ९ विकेटको क्षतिमा १८५ रन बनाएको हो।सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले सर्वाधिक ६९ रन बनाए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। सुदूरपश्चिमको बलियो साझेदारी किशोर महतोले तोडे। उनले ११.६ ओभरमा ६९ रनमा १२औं ओभरको अन्तिम बलमा किशोरको बलमा ललित राजवंशीको हातमा बाउन्ड्रीमा क्याच भए।सुदूरपश्चिमको दोस्रो विकेटका रुपमा उनलाई १३ औं ओभरको दोस्रो बलमा ललित राजवंशीले ४१ रन बनाउँदा बोल्ड आउट गरे। उनले ३१ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

तेस्रो विकेट हर्मप्रित सिंहको गयो। उनलाई मोहम्मद मोसिनले हेमन्त धामीको हातमा क्याच गराए। चौथो विकेट ब्रान्डन म्याकमुलेनको गयो। १६औं ओभरको अन्तिम बलमा जेम्स निसमले बोल्ड गरे। पाँचौं विकेट सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीको गयो। उनले ७ बलमा ९ रन बनायो। उनलाई मोहम्मद मोसिनको बलमा पुनः प्रतिस्थापनमा फिल्डिङ गर्न आएका हेमन्त धामीले क्याच गरे। १९औं ओभरको पाँचौं बलमा पुन मोसिनले आरिफ शेखलाई खाता खोल्दा ललित राजवंशीको हातमा क्याच गराए। सातौं विकेटका रूपमा किशोर महतोले अन्तिम ओभरको पहिलो बलमा स्कट केग्गेलिनलाई बोल्ड गरे। चौथो बलमा सुदूरपश्चिमको आठौं विकेट नरेश बुढा ऐरको विकेट किशोरले लिए। उनले नरेशलाई शेर मल्लको हातमा क्याच गरे। नवौं विकेटका रुपमा इशान पाण्डे २०औं ओभरको अन्तिम बलमा रन लिने क्रममा रन आउट भए। जनकपुरका लागि मोहम्मद मोसिन र किशोर महतोले समान ३/३ विकेट लिए। जेम्स निसम, ललित राजवंशीले समान १/१ विकेट लिए।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com