०३ बैशाख २०८२, बुधबार

अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २० औं वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन् । शनिबार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरिय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदनभण्डारी जस्ता राजमार्ग ३ वर्षमा बनाईएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए । प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए । उनले भने,‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडि हाँक्छु भनेजस्तै हो ।’
उनले राजनीति अस्थिर भएपछि अनेक मानिसहरु निस्किएको बताए ।

देशमा स्थायीत्व ल्याउने उदेश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ । उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौं । अब देशले थप गति लिन्छ ।’
नयाँ भन्नेहरुको हालत देखिएको ।

जथाभावि छाडा बोलेर देश बनाउँछन् भनेर धाक लगाउनेहरुका भ्रममा नपर्न आग्रह गरे । ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरु राज फर्काउछौं भनेर हिडेको असली स्वरुप चैत्र १५ गते देखिएको प्रधानमन्त्रीको भनाई छ ।
सरकारका सबै सूचकांक सकारात्मक दिशामा रहेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले आगामी बजेटबाट थप सुधारका बाटोमा लान सकिने उल्लेख गरेका छन् । उनले झापाका कृषहरुलाई आधनीकिकरण गरेर कृषकलाई प्रगति गर्न आग्रह गरे ।

प्रधानमन्त्री
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]