०३ बैशाख २०८२, बुधबार

कोशी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

इटहरी । कोशी प्रदेश सरकारको वार्षिक थप गरिएको बिदा अनुसार मङ्गलवार आज सार्वजनिक बिदा छ । प्रदेश सरकारले अतिरिक्त बिदाका रूपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।

खासगरी तराइमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु हुन्छ । वैशाख १ गतेदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्ने गरेको छ । कसै कसैले भने चैत्रको परिकार वैशाख(एक वर्षको) खाएर पनि पर्वलाई समापन गर्ने गर्दछन् ।
विराटनगरका अगुवा प्रदीप विश्वासका अनुसार शिरमा आफू भदा सानोलाई चैत्र महिनामै राखिएको पानी वैशाखको १ गते राखेर आर्शिवाद दिने र सानाले ठुलाको गोडामा राखेर आर्शिवाद लिने गर्दछन् ।

मुख्यरुपमा सिरुवा पर्वको सुरु भनेको पानी शिरमा राखेर नयाँ वर्षको सुरुवात गर्नुलाई सिरुवाका रूपमा लिने गरिन्छ । यसैगरी सिरुवामा जडिसुतल खेल्ने, रङ्ग खेल्ने परम्परा पनि रही आएको छ ।

सिरुवाका अवसरमा शुभकामना संदेश जारी गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
पर्वले एकआपसमा एकतामा बाँध्दै समन्वय, सहकार्यका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने बताउँदै भाषा, धर्मसंस्कृति, रितिरिवाज परम्परा र संस्कारलाई जगेर्णा गर्दै अगाडि बढ्न सकेमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने समेत उल्लेख गरेका छन् ।

सार्वजनिक बिदा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]