०३ बैशाख २०८२, बुधबार

नयाँ वर्षको दिन १० हजारले गरे शैलुङ भ्रमण

रामेछाप । प्राकृतिक एवं धार्मिक पर्यटकीय स्थल शैलुङमा नयाँ वर्षमा घुम्न जाने मानिसको घुइँचो लागेको छ ।

नयाँ वर्ष २०८२ सालको पहिलो दिन झण्डै १० हजार मानिसले शैलुङ भ्रमण गरेका स्थानीय व्यवसायी दावासाङबु शेर्पाले जानकारी दिए । विगतका वर्षमा भन्दा पनि यस वर्ष नयाँ वर्षको पहिलो दिन नै धेरै मानिसहरू जमघट भएका उनले बताए ।
समुन्द्री सतहदेखि ३ हजार ३ सय मिटर उचाइमा रहेको शैलुङ धार्मिक हिसाबले पुण्य भूमि मानिन्छ ।

शैलुङलाई हिन्दु र बौद्धधर्मावलम्बीले पवित्र तीर्थस्थल मान्दछन् । हिन्दु धर्मावलम्बीले यो भूमिलाई शिवले ध्यान गरेको भूमि मान्दछन् भने बौद्ध धर्माबलम्बीहरुले बुद्धले पाइला टेकेको भूमि मान्दछन् ।
दृश्यावलोकनको हिसाबले पनि शैलुङ निक्कै रमणीय छ । प्राकृतिक रूपमा बनेका माटाका एक सय भन्दा बढी थुम्का र ती थुम्कामा गलैँचा ओछ्याए जस्तै गरी उम्रिएको दुबोले शैलुङ निक्कै रमणीय देखिन्छ । साथै यहाँबाट देखिने हिमशृङखला दृश्यावलोकनको लागि मन लोभ्याउने दृश्य हुन् ।


जाडो महिनामा हिउँ पर्ने शैलुङमा बाह्रै महिना चिसो हुन्छ । वर्षा याममा विभिन्न जातका भुईँफूल फुल्ने शैलुङमा अहिले विभिन्न जातका गुराँस र चिमल फुलेका छन् । यति बेला गुराँस र चिमलले शैलुङ सिँगारिएको छ ।

यस बाहेक चौँरी हेर्नेलाई पनि शैलुङ महत्त्वपूर्ण गन्तव्यको थलो बनेको छ । शैलुङ क्षेत्रमा चर्ने चौँरी र चौँरीका दूधबाट बनेका परिकार समेत खना पाउने भएकोले पर्यटकहरूका लागि यो रमणीय गन्तव्य बेनको छ ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङसम्म पुग्न रामेछाप र दोलखा दुवै तिरबाट सडक बनेको कारण अहिले शैलुङको यात्रा सह बनेको छ । त्यसैले शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।
शैलुङमा जनै पूर्णिमा, चैतको पूर्णिमा र नयाँ वर्षमा ठुलो मेला लाग्ने गरेको छ । यहाँको मेला भर्न रामेछाप सहित दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक, काठमाडौं उपत्यका लगायतका स्थानबाट मानिसहरू आउने गर्दछन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]