१० बैशाख २०८२, बुधबार

सुनसरी प्रहरीले बरामद गर्‍यो ३२३ किलो गाँजा, १ जना पक्राउ

सुनसरी जिल्लाको कोशी गाउँपालिका–१, भन्सार कार्यालय अगाडि लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भोजपुर जिल्ला, अरुण गाउँपालिका–५ का २६ वर्षीय तेजेन्द्र कार्की रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ।

कार्की भारतबाट नेपालतर्फ पैदल आइरहेका बेला शंका लागेपछि प्रहरीले चेकजाँच गर्दा उनको साथबाट २ ग्राम खैरो हेरोइन जस्तो देखिने लागू औषध फेला परेको थियो। प्रारम्भिक सोधपुछका क्रममा कार्कीले प्रदेश १–०२–००२ च ५३४८ नम्बरको *YODDA PICK UP* गाडी आफूले चलाएर ल्याएको र उक्त गाडी कोशी गाउँपालिका–१, लौकही बजारमा पार्किङ गरेको बताएका थिए।

प्रहरीले उक्त गाडी जाँच गर्दा त्यसभित्र ११ वटा बोरामा प्याक गरिएको ३२३.२१ किलोग्राम गाँजा फेला पारेको छ। गाडी र लागू औषधसहित कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको डीएसपी योगराज खतिवडाले जानकारी दिनुभयो।

डीएसपी खतिवडाले भने, “हामी लागुऔषध कारोबार तथा अपराधमा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धताका साथ अगाडि बढिरहेका छौँ।” उनले थपे, “नागरिकको सेवामा समर्पित भई सुनसरीलाई सुरक्षित, अनुशासित र अपराधमुक्त बनाउने हाम्रो निरन्तर प्रयास जारी छ।”

डीएसपी खतिवडाको सक्रियता र सफलता जिल्लावासीले पनि सराहना गरेका छन्। सीमावर्ती गतिविधिको निगरानी, अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्नमा उहाँको योगदान सर्वत्र प्रशंसनीय मानिएको छ ।

गाँजा पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]