०३ बैशाख २०८२, बुधबार

उप निर्वाचनका लागि गढीमा मतदान केन्द्रमा बुथ निर्माण

देवराज यादव। सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ मा मंसिर १६ गते हुने उप निर्वाचनका लागि सनिवार मतदान केन्द्रमा बुथ निर्माण गरिएको छ। निर्वाचनका लागि कर्मचारीहरू शुक्रबार नै मतदान केन्द्रमा पुगी सकेका थिए ।

सो वडाको दुई वटा विद्यालयमा ५ वटा मतदान केन्द्र कायम गरिएको छ। मतदानका लागि सबै बुथहरूमा कर्मचारीहरू पुगी सकेको र बुथ निर्माण भई सकेको सहायक निर्वाचन अधिकृत कृष्ण प्रसाद दाहालले जानकारी दिनुभयो ।

कर्मचारीहरू मतपत्र र निर्वाचनका सामाग्रीहरू सहित पुगेका हुन। उनीहरुले सनिवार बुथ निर्माण गरेका हुन। मझौ आधारभूत विद्यालयमा क र ख गरी दुई केन्द्र छन्।

यस्तै जनता मावि हातिमुडामा पनि क, ख र ग गरि तीन केन्द्र छ । निर्वाचनमा कुल २५ कर्मचारी र स्वयंसेवक खटेका छन्। यस्तै २ सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्। यसैबिच निर्वाचन स्थल र केन्द्रको जिल्ला सुरक्षा समितिले स्थलगत निरीक्षण र अनुगमन गरेको छ।

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले निर्वाचनलाई स्वच्छ,निष्पक्ष, शान्तिपूर्ण , मर्यादित , व्यवस्थित र धाधलीरहीत बनाउन आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो । उहांले निर्वाचनमा नेपाली सेना सहितको ३ घेरामा सुरक्षा प्रदान गरिने बताउनुभयाे। निर्वाचनमा वडाध्यक्षका लागि १० दल र २ स्वतन्त्र गरी १२ जना उम्मेदवार छन्। कुल तीन हजार ६२२ मतदाता रहेका छन्।

एमालेबाट विजयी भएका वडाध्यक्ष सदानन्द उराँवको निधन भए पछि उप निर्वाचन हुन लागेको हो। मंसिर १३ गते राति १२ बजे देखि मौन अवधि सुरु भएको छ। मौन अवधिमा कुनै पनि किसिमको प्रचारप्रसार र भोट माग्न नपाइने भए पनि यही बेला उम्मेदवार र उनका समर्थकले घर घरमा भेटेर मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन्

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]