
अछामको साँफेबगर बजारमा आगलागी भएको छ । शनिबार बिहान पौने ४ बजे साँफेबगर नगरपालिका- ३, हाटबजारस्थित प्रेम खड्काले सञ्चालन गरेको सुभेच्छा म:म सेन्टरबाट आगो सल्केको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीका अनुसार म:म सेन्टरबाट बिजुलीको तार सर्ट भएर आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन् ।
म:म सेन्टरसहित भैरव जनरल स्टोर, रिभरसाइड नास्ता पसल, टीका कुँवरको ब्युटीपार्लर, डाक मोबाइल ग्यालरी, कालभैरव सुनचाँदी पसल, रोडसाइड रेष्टुरेन्ट, इभी काउन्टर एण्ड पसल, किसोर भाटको नास्ता पसल र सितल होटेल एण्ड गेष्ट हाउस जलेर नष्ट भएको डीएसपी भण्डारीले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा लिइएको थियो ।
१० पसल जलेर नष्ट आगलागी