१३ बैशाख २०८२, शनिबार

गाडीले ठक्करले दिएर ज्यान गुमाएका बुढाको शव साता दिनदेखि सडकमै

दोषी उपर कारबाही हुनु पर्ने र क्षतिपूर्ति दिनु पर्ने माग गर्दै आन्दोलनरत पीडित पक्षहरू । तस्बिर: नेत्र

जुम्ला, वैशाख १३ गते । सुर्खेतमा गाडिले ठक्कर दिएर ज्यान गुमाएका जुम्ला हिमा गाउँपालिका– ४ निवासी कालीबहादुर बुढाको शव साता दिन देखि सडकमै छ । प्रशासनले गाडी चालकलाई उन्मुक्ति दिएको भन्दै उनका आफन्तले दोषीलाई कारबाही हुनु पर्ने र क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् ।

शव जिम्मा लिन नमानेका आफन्तहरूले निर्मम तरिकाले गाडीले ठक्कर दिएर मारेको भन्दै तत्काल दोषी उपर कारबाही हुनु पर्ने र क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् । प्रहरी प्रशासनले पीडित पक्षलाई न्याय नदिएको र उल्टै दोषीलाई उन्मुक्ति दिन खोजेको परिवारको आरोप छ ।

उनीहरू माग पुरा नभएसम्म शव जिम्मा नलिने भन्दै नाराबाजी सहित सडकमा टायर बालेर शुक्रवार देखि थप आन्दोलन चर्काएका छन् । गत वैशाख ७ गते बिहान कर्णाली राजमार्ग अन्तरगत सुर्खेत रेडियो नेपाल नजिकै मध्य पश्चिम यातायात प्रालिको कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडिले ठक्कर दिएर बुढाको ज्यान गएको थियो ।

घटना पछि ‘मध्यपश्चिम यातायात प्रालिले दादागिरी शैलीमा उल्टै थर्काउँदै माग प्रति कुनै चासो नदेखाएको आरोप छ ।

गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका १, का २४ वर्षीय तेज थामी मगरलाई पक्राउ कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]