१३ बैशाख २०८२, शनिबार

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षबिहीन

काठमाडौं : सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बिहान भएको बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा पदाधिकारी र आन्दोलन शिक्षकहरू सहभागी थिए।

बैठकपश्चात अध्यक्ष सुवेदीले पुन: छलफल र वार्ता गर्ने सहमति भएको बताए। उनले वार्ता र आन्दोलन सँगसँगै जाने बताए।

सुवेदीले भने, ‘अहिले नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ। आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुको बारेमा शिक्षा मन्त्रीको उपस्थितिमा छलफल भयो। छलफल र संवादलाई निरन्तरता दिने निर्णय भयो।’ दुई पक्षीय सहमतिमा फेरि बैठक बस्छ।’ उनले अब बैठक कहिले बस्छ भन्ने टुंगो लाग्न बाँकी रहेको बताए।

यसैगरी विद्यालय कर्मचारी परिषद् अध्यक्ष गंगाराम तिवारीले सरकारले वार्तामा बोलाएकाले आज मन्त्रालयमा छलफल गर्न आएको बताए। उनले सम्झौता यस अगाडि पनि गरेकाले सरकारसँग सम्झौता नहुने शिक्षा ऐनकै माग गरिएको बताए। उनले विद्यालय शिक्षा विधेयक संसद्मा आएपछि मात्र के गर्ने सोच्ने उल्लेख गरे।

सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका हुन्। शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए। संसद् भवन परिसरमा मन्त्री पन्तले भने, ‘सरकार शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध छ। शिक्षक साथीहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु ।’ मन्त्री पन्तको भनाईसँगै आज बिहान उनीहरु छलफलमा गएका हुन्।

गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौंमा आन्दोलनमा रहेका छन्।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]