१५ बैशाख २०८२, सोमबार

झडपमा घाइते भएका शिक्षकमध्ये १२ जनाको अवस्था चिन्ताजनक

काठमाडौं– आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा आइतबार घाइते भएका ६२ जनामध्ये १२ जनाको अवस्था चिन्ताजनक रहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।

महास‌ंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन्। तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक छ । हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौँ।’

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]