०५ बैशाख २०८२, शुक्रबार

धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति

कैलालीको धनगढीमा आगलागी भएको छ । त्यहाँको शहीद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको कैलाली प्रहरीले जनाएको छआगो आइतबार साँझ टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको थियो । त्यसपछि अन्य तीनवटा पसलमा फैलिएको हो ।आगलागीबाट समीर मोबाइल ग्यालरीको मात्रै अन्दाजी ९/१० लाख रुपैयाँ बराबर क्षति भएको बताइएको छ ।यस्तै सुरेश पाठकले सञ्चालन गरेको श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ ।यसैगरी दीपेन्द्रप्रसाद पन्तले सञ्चालन गरेको अर्जुन आर्ट्समा अन्दाजी ८/९ लाख र मजिबुल अन्सारीले सञ्चालन गरेको लबली टेलरमा ४/५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।विद्युतको तार सर्ट भएर लागेको आगो धनगढी उपमहानगरपालिकाका दुईवटा दमकलको सहायताले राति नै नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]