०६ बैशाख २०८२, शनिबार

चार जना बालिकालाई भारतर्फ बेच्न लैजाँदै गर्दा सुनसरीबाट एक पक्राउ

देवराज यादव ,सुनसरी। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सुनसरीबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. १२ का २६ वर्षीय सनोज सदालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वडा नं। ८ भान्टाबारीमा चेकजाँच गर्ने क्रममा एक जना पुरुषसहित चार जना बालिकाहरू पैदल नेपालबाट भारततर्फ गइरहेको अवस्थामा फेला पारिएको छ प्रहरीले शङ्का लागेर सोधपुछ गर्दा भारतमा काम गर्ने मानिसहरूको आवश्यकता छ, भनेजस्तो पैसा दिन्छु भनेर ललाईफकाई प्रलोभनमा पारेर चार जना बालिकाहरू भारततर्फ लैजाँदै गर्दा सदालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार बालिकाहरूको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । पक्राउ परेका सदालाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]