काठमाडौं । बिहान ११ बजेका लागि बोलाईएको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक २ घण्टा ढिलोगरी सुरु भएको छ । पार्टी मूख्यालय च्यासलमा ११ बजेका लागि बैठक डाकिएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्थताका कारण बैठक सुरु हुन ढिलाई भएको हो ।एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । आजको बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने छ ।त्यस्तै, बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा साथै पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने छ । बैठकमा समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची रहेको छ।