०६ बैशाख २०८२, शनिबार

गढीमा नेपाली कांग्रेसका तेतर साह विजयी

सुनसरीकाे गढी गाउँपालिकामा मंसिर १६ गते सम्पन्न भएको उपनिर्वाचनकाे अन्तिम मतगणना सार्वजनिक भएको छ । सम्पन्न भएको मतगणना अनुसार गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्षमा रुखछाप भएको नेपाली कांग्रेसका तेतर साहुले ८१६ मत प्राप्त गरि विजयी प्राप्त गर्नुभएकाे छ।

उहाँका निकटतम प्रतिद्वन्दी हसिया हथौड़ा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत पाउनुभएकाे छ ।नेकपा एमालेकाे तर्फबाट २०७९ सालमा निर्वाचित वडा अध्यक्ष सदानन्द उराँवकाे निधन भएकोले रिक्त भएको गढी ६ मा उपनिर्वाचनमा भने सूर्य छापबाट नेकपा एमालेका उम्मेदवार सन्तु उरांवले ७७० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

विजयी हुनुभएको साहलाई प्रमाणपत्र समेत प्रदान गरेको जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पाैडेलले जानकारी दिनुभयो ।त्यसैगरी चुनाव चिन्ह हल्लो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविता उराँवले ८४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी पीद भएको खुकुरी ४, ढकिया नागरिक उन्मुक्ति पार्टीका तर्फबाट तेजनारायण मुसहरले २, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चुनाव चिन्ह तिर भएको बचालाल अर्गरियाले ४ मत रहनुभएको छ। त्यसैगरी त्यसैगरी चुनाव चिन्ह भित्ते घडी रहेको समावेशी समाजवादी पार्टी नेपालका तर्फबाट योगनारायण ऋषिदेवले ७ प्राप्त रहनुभएको छ।

त्यसैगरी दापसहितको खुकुरी भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजो देवी ऋषिदेव ७ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी अर्ना स्वतन्त्र चुनाव चिन्ह भएको रामनारायण यादवले १ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन घन्टीबाट शशी कुमार साहूले १८ मत र जनमत पार्टीकाे लाउड स्पिकर चुनाव चिन्हबाट सिताराम यादवले १० मत प्राप्त गर्नुभएको छ। त्यसैगरी हात निकालेको स्वतन्त्र उम्मेदवार श्यामदेव मेहताले १ मत भएकाे छ । बदर मत ६७ रहेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]