०२ माघ २०८१, बुधबार

प्रेस सेन्टर नेपाल पर्साका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न

पर्सा। प्रेस सेन्टर नेपाल पर्साको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न भएको छ । वीरगन्जको क्लासिक वंक्वेटमा आईतबार बिहान नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापना तथा प्रमाणपत्र वितरण सम्पन्न भएको हो ।

प्रेस सेन्टर नेपाल पर्साका निवर्तमान अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शिवनाथ यादव, उपाध्यक्ष कृष्णमोहन साह र समिना रञ्जितकार, सचिव अजित कुमार भूजेल, सहसचिव विदुर गौतम र रञ्जित यादव, कोषाध्यक्ष सञ्जित गुप्तालाई पदस्थापन गरि प्रमाणपत्र वितरण गरिएको छ ।

त्यस्तै सदस्यहरु रितेन्द्र झा, दिपेन्द्र प्रसाद, माधव तिमिल्सिना, प्रणय साह, बलिराम यादव, आनन्द साह, मेघराज राय थारु, संतोष कुश्वाह, विशाल पटेल, संजोग गिरी लगायतलाई पनि पदस्थापन सहित प्रमाणपत्र वितरण गरिएको छ ।

त्यस्तै प्रदेश परिषद प्रतिनिधिमा निर्वाचित भरत साह सोनार, रञ्जित पाण्डे, लालबाबु बानियाँ, सब्दर हुसैनलाई पनि प्रमाणपत्र वितरण गरिएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले गाम्छा र अविर लगाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]