०२ माघ २०८१, बुधबार

कृषिबाट आयआर्जन गर्दै दलित महिला

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ भुरकीका दलित महिला खेतीपाती कुखुरा र हाँस पालेर आयआर्जन गर्दै आएका छन् ।सशिया महाराज दलित महिला कृषक समूहमा आबद्ध २७ जना दलित महिलालाई हाँसपालन गर्न राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले सहयोग गरेको छ । समूहका अध्यक्ष श्रीकुमारी मण्डलले हाँसकुखुरा पालनसँगै हरिया सागसब्जी, काउली, प्याज, लसुन, आलु, गोलभेँडाखेतीमा दलित महिलाहरूलाई उत्प्रेरित गरिरहेको बताइन् । समूहका महिलाले ३० कट्ठा जग्गामा काउली, आलु, भण्टा, मुला, राय साग, धनियाँसहितका तरकारी लगाएका छन् । साथै उनीहरूले करेसाबारीमा बेमौसी लिची, नैवा, कागती रोपेका छन् भने हाँस, कुखुरा पालेर अण्डा र मासुको आपूर्ति पनि गरिरहेका छन् । केहीले बाख्रापालन पनि थालेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घले कृषिऔजार, वीउबिजन प्रदान गरेको छ । समूहका प्रत्येक सदस्यमा रु १५ हजार लगानी भएको महासङ्घका अध्यक्ष दीपककुमार ठाकुरले बताए । महासङ्घले समय–समयमा महिला तथा पुरुषलाई मल बनाउने तालिम पनि दिँदै आएको छ । करेला, बोडी, सिमी, फर्सी, भिण्डीको वीउ पनि प्रदान गरेर दलित महिलाका आयआर्जनमा महासङ्घले सहयोग गर्दै आएको छ ।

२ भुरकीका दलित महिला खेतीपाती public khabar 24 कुखुरा र हाँस पालेर आयआर्जन गर्दै मल बनाउने तालिम पनि दिँदै आएको छ सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]