राजबिराज । तराई क्षेत्रमा शितलहर, र अत्यधिक चिसो बढेपछि राजविराज नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानहरुमा आगो तापने व्यवस्था मिलाईएको छ।
हिजो देखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजिबन प्रभावित बनेपछि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरि अागो तापने व्यवस्था मिलाइएको हो ।
राजविराज नगरपालिकाको का.वा. मेयर इस्रत प्रविन द्वारा
गजेन्द्र चौक , रुपनि बस एस्टेण्ड, अदालत रोड, सिराहा रोड, नेता चौक, गजेन्द्र नारायणसिंह अस्पताल लगायत विभिन्न ठाउँमा दाउरा वितरण गरि अागो वाल्ने व्यवस्था मिलाएको का.वा.मेयर ईसरत प्रविनले बताएकी छिन्।
उनका अनुसार दाउरा खरिद गरी जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा एक चट्टा दाउरा वितरण गरिएको छ। नगरका केही स्थानमा आज पनि दाउरा वितरण गरिनेछ। नगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउनका लागि आगो ताप्ने व्यवस्था मिलाएको हो। चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरु बढी कष्ट सहनुपरेको छ । चिसोले जिल्लाको जनजीवन दिनदिनै कष्टकर बन्दै गएको छ।
चिसो बढेपछि दाउरा वितरण