०२ माघ २०८१, बुधबार

आम जनता पार्टीद्वारा भ्रष्टाचारविरुद्ध वीरगंजमा खबरदारी सभा सम्पन्न

पर्सा: आम जनता पार्टी (आजपा) पर्साको आयोजनामा शनिबार वीरगंजमा भ्रष्टाचारविरुद्धको खबरदारी सभा सम्पन्न भएको छ। वीरगंजलाई आर्थिक राजधानी बनाउने संकल्पसहित घण्टाघर नजिकको वीपी उद्यानमा आयोजित सभालाई सम्बोधन गर्दै आजपाका अध्यक्ष प्रभु साहले वीरगंजसँग सबै नेताहरूले धोका दिएको आरोप लगाए।

अध्यक्ष साहले मुलुकको परिवर्तनमा वीरगंजले अग्रगामी भूमिका खेलेको भए पनि भ्रष्ट नेताहरूका कारण यहाँको विकास हुन नसकेको बताए। उनले भने, “पहिले शिक्षा आर्जन गर्न, उपचारका लागि वीरगंज आउने चलन थियो। वीरगंज हराभरा थियो। यहाँको घण्टाघर, नारायणी अस्पताल, कृषि औजार कारखाना, र चिनीमिल सबै पहिलेका संरचना हुन्। तर, यी चोर नेताहरूले नयाँ के निर्माण गरे? म प्रश्न गर्न चाहन्छु।”

साहले नारायणी अस्पतालको अवस्था दयनीय बनेको र ठाकुरराम विश्वविद्यालयको स्थापना अझै अन्योलमा रहेकोप्रति चिन्ता व्यक्त गर्दै दलाल र झोलेहरूलाई जिम्मेवार ठहराए। उनले थपे, “सरकारले लुट्न मात्र जानेको छ। पुराना संरचनाहरूको रक्षा नगर्ने, बेचेका नेताहरूसँग अब वीरगंजले प्रश्न गर्नेछ। वीरगंज अब चुप लागेर बस्ने छैन।”

बहुदलीय प्रजातन्त्र, लोकतन्त्र, र गणतन्त्रको अवधारणामा समेत वीरगंजमा विकास नहुनु चोर र दलाल नेताहरूको कारण भएको अध्यक्ष साहको आरोप थियो। उनले राज्यले वीरगंजबाट देशको आधा राजस्व लिने तर केही प्रतिफल नदिने प्रवृत्तिविरुद्ध अब चुप नबसेर आवाज उठाउने चेतावनी दिए।

पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले वीरगंजलाई आर्थिक राजधानी बनाउन दबाब सिर्जना गर्न खबरदारी सभा गरिएको बताए। उनले प्रशासनिक राजधानी काठमाडौँ भए पनि आर्थिक राजधानी वीरगंज हुनुपर्नेमा जोड दिए।

साहले संविधान निर्माणमा भएका त्रुटिहरू सच्याउनुपर्नेमा सरकारको उदासीनता प्रति आक्रोश प्रकट गरे। मधेसी जनतालाई संविधान सच्याउन माग गर्दा गोली ठोक्ने कांग्रेस र एमालेले अहिले संविधान संशोधन गर्ने भन्दै गठबन्धन बनाएको भन्दै उनले ती दलहरूको चरित्रमाथि प्रश्न उठाए।

आजपाका युवा नेता विश्वराज पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, मौलापुर नगरपालिकाकी मेयर रिना साहलगायतका पदाधिकारी, केन्द्रीय सदस्य, र हजारौँ कार्यकर्ताको उपस्थिति थियो।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]