०६ बैशाख २०८२, शनिबार

विरोध तथा प्रदर्शनपछि दक्षिण कोरिया पुरै अशान्त, राष्ट्रपतिले चाहेको मार्शल ल के थियो ?

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणा गरेपछि चौतर्फी विरोध तथा प्रदर्शन भएको छ ।

जसको चौतर्फी विरोध तथा प्रदर्शनपछि राष्ट्रपति यूं आफ्नो कदमबाट पछि हटे । तर दक्षिण कोरिया पुरै अशान्त बनेको छ, पनि स्थिति सामान्य बन्न सकेको छैन ।

दक्षिण कोरियाका सांसदहरूले नेशनल एसेम्बलीको मध्यरात्रि सत्रमा ‘मार्शल ल’ लगाउने निर्णय फिर्ता हुनुपर्ने प्रस्ताव पारित गरेका थिए । यसैकारण राष्ट्रपति योल आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

यो निर्णयको प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि राष्ट्रपति योलले देशमा सैनिक शासन (मार्शल ल) लगाउने आफ्नो निर्णय केही घण्टामै बदलेका हुन् । उनले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै देशको सुरक्षा गर्न मार्शल ल लगाउनु परेको बताएका थिए ।

‘उत्तर कोरियाको कम्युनिष्ट शक्तिबाट देशको सुरक्षाका लागि र देश विरोधी तत्वलाई अन्त्य गर्नका लागि मार्शल ल लागू गर्नुपरेको छ,’ उनले भनेका थिए । उनले देशमा मार्शल ल कहिलेसम्म जारी रहन्छ भन्ने पनि स्पष्ट पारेका थिएनन् ।

यो घोषणा लगत्तै सैनिकहरूले संसद् भवनमा कसैलाई पनि प्रवेश दिएका थिएनन् । उनीहरू संसद् भवन र वरपरका क्षेत्रमा तैनाथ भएका थिए । त्यसको प्रतिवाद गर्दै प्रतिपक्षी दल सडकमा उत्रिएको थियो ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]