काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएका छन् ।काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा प्रहरीको न्यायिक हिरासतमा रहेका लामिछानेको थुनछेक बहस सोमबारबाट सुरु भएकोमा बुधबार सकिएको थियो । बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । अदालतको आदेशबमोजिम धरौटीबापतको रकम बैंक ग्यारेन्टी गरेर लामिछाने छुटेका हुन् ।यसअघि जिल्ला अदालत कास्कीबाट पनि लामिछाने धरौटीमा छुटेका थिए । जिल्ला न्यायाधीश नीतिश राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रविविरुद्ध अझै तीन जिल्लामा सहकारी ठगी गरेको अभियोग बाँकी छ ।
।काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा काठमाडौंको आदेशमा रिहा भएका छन् प्रहरीको न्यायिक हिरासतमा रहेका लामिछानेको सभापति रवि लामिछाने जिल्ला अदालत