ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय निकै महत्त्वपूर्ण मन्त्रालय हो ।कुनै बेला यो मन्त्रालय तीन मन्त्रीले हेर्थे । यो निकै रणनीतिक महत्वका आयोजना भएको मन्त्रालय पनि हो । सरकारले काम देखाउन सक्ने र चुनावमा बिकाउन सक्ने काम यहीँबाट गर्न सकिन्छ ।तर यो मन्त्रालय अहिले एकजना उद्दण्ड व्यापारीको हातमा छ । उनका उद्दण्डताका सामु प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्म निरीह र लाचार देखिएका छन् । बिहीबार कांग्रेसको बैठकमा पनि यो विषय जोडतोडले उठ्यो । महामन्त्री विश्वप्रकाश शर्माले स्काउटको जग्गा हडपेर पार्टीको बेइज्जत गरेको भनेर टिप्पणी गरे ।ऊर्जामन्त्री दीपक खड्काले आफ्नाविरुद्ध पत्रपत्रिकामा आएका समाचारप्रति पार्टीको ध्यानाकर्षण गराएका थिए । विहान ८ बजेदेखि मन्त्री, दलका नेता, प्रमुख सचेतक, राष्ट्रिय सभाका नेतासहित सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सो प्रसँग उठाएका हुन्।
‘मन्त्रीज्युले पत्रपत्रिकामा खड्काल्याण्डका विषयमा आइरहेका समाचारको कुरा गर्नुभयो,’ उनको भनाई उधृत गर्दै एक मन्त्रीले भने, ‘त्यसपछि महामन्त्री विश्वप्रकाश शर्माजीले गोर्खाल्याण्ड मात्र थियो, खड्काल्याण्ड चाहिँ बल्ल आज थाहा भयो भन्नुभयो। गोर्खाल्याण्ड खड्काल्याण्ड एउटै भएछ भन्दै जोक पनि गर्नुभयो।’ उनले त्यसो भनेपछि बैठकमा एकछिन सबै हासेका थिए। ऊर्जामन्त्री संस्थापक रहेको खड्काल्याण्ड डेभलपमेन्ट प्रालीले नेपाल स्काउटको जग्गा र भवन भाडामा लिए पनि तिर्नुपर्ने रकम नतिरेको भन्दै विभिन्न संचारमाध्यममा पछिल्लो समय समाचार आइरहेका छन्। उनको कम्पनीले लैनचौरस्थित स्काउटको ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर व्यापार गर्दै आएको छ।आफूविरुद्ध मिडियामा आएको समाचारबारे सभापतिसँग गुनासो गरेका मन्त्री खड्काले आफूले पटकपटक स्पष्टीकरण सोधेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भने कुनै प्रसंग उनले उठाउन चाहेनन्।
पछिल्लो दिन उनी र कुलमानबीच तिक्ततापूर्ण सम्बन्ध छ। खड्काले केहीदिनअघि तपाईंमाथि किन कारबाही नगर्ने भन्दै कुलमानसँग ९ बुँदे स्पष्टीकरण सोधेका थिए । यति मात्र होइन, जनतामा यति धेरै आक्रोश बढिसक्यो कि मन्त्रालयमा उनकै कार्यकक्षमा पुगेर हातपात गर्न थालिसके ।अरू पनि जनताले दिने यस खालको सजायको शिकार हुन् सक्ने भन्दै बैठकमा सचेत गराइएको पनि थियो । खड्काजस्ता अराजक, उद्दण्ड मन्तीलाई थान्कोमा राख्न कुनै निर्णय भएन । उनलाई पदमा राखिरहनुपर्ने के बाध्यता आइलागेको हो ? देउवा र ओलीभन्दा पनि शक्तिशाली कुन तत्व उनका पछाडि छ ? के खड्का नभए यो सरकार नै नटिक्ने हो ?
जलस्रोत र सिँचाइ मन्त्रालय निकै मन्त्रालय तीन मन्त्रीले हेर्थे । यो निकै महत्त्वपूर्ण मन्त्रालय हो ।कुनै बेला यो