०९ माघ २०८१, बुधबार

राष्ट्रिय ‘र्‍याफ्टिङ च्याम्पियनसिप’ हुँदै

काठमाडौं । साहसिक पर्यटकीय खेल र्‍याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले आफ्नो वार्षिक विकास कार्यक्रम अन्तर्गत ‘नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप २०८१’ (अल्ट्रा र्‍याफ्टिङ म्याराथन) आयोजना गर्न लागेको जनाएको छ ।

यसअघि र्‍याफ्टिङलाई साहसिक पर्यटकीय गतिविधिका रूपमा मात्र हेरिन्थ्यो । प्रतियोगिता १६ र १७ माघमा सञ्चालन गरिने परिषद्ले जनाएको छ । परिषद् अनुसार मनकामना (फिस्लिङ) बाट देवघाटसम्म यो प्रतियोगिता चल्ने छ ।

परिषद्ले प्रतियोगितामा सहभागी हुन इच्छुक टिमलाई आह्वान गरेको छ । प्रतियोगितामा सहभागी हुन आउने सबै टिमले खेल सामग्री (लाइफ ज्याकेज, हेल्मेट, प्याडल, र्‍याफ्ट) सहित आफैं व्यवस्थापन गर्नुपर्ने छ ।

टिमका सबै खेलाडी पौडी खेल्न जानेको हुनुपर्ने सर्त राखिएको छ । मादक पदार्थ सेवन निषेध गरिएको छ । प्रतियोगिताका विजेताले नगद, मेडल र प्रमाणपत्र पाउने छन् । हरेक टिममा ७ जना खेलाडी हुनुपर्ने छ ।

नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप २०८१
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]