काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ ।
लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए ।
उनको थुनछेक बहस योगीको इजलासमा हुने तय भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।
लामिछाने मङ्गलबार भैरहवा पुगेका थिए ।
सुप्रिम सहकारी ठगी प्रकरण