विद्यालय तथा कलेज स्थपनाकालका लागि सप्तरीका धेरै समाजसेवी व्यक्तित्वहरुले आफ्नो स्थायी सम्पतिका रुपमा रहेको करोडौं मूल्यको जगा नि:शुल्क उपलब्ध गराएको इतिहास छ।
समग्रमा शिक्षाकालागि दान दिनेहरुको समष्टिगत गणना गर्ने हो भने सप्तरी पनि अग्रस्थानमा पर्ने कुरामा कुनै शंका मान्नु पर्दैन शिक्षा क्षेत्रमा भएको विकासका कारणले गर्दा नै विगतमा यो जिल्लालाई निकै प्रसिद्धि हासिल गरेको थियो। पहाड देखि मधेस सम्मका विद्यार्थीहरु ठुलो संख्यामा सप्तरी आएर शिक्षा आर्जन गरेको सुनौलो ईतिहास छ ।
यस्तो गर्व गर्ने लायक विगत रहँदा पनि हाल सप्तरीको शैक्षिक अबस्था ओदालो लागने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । संख्यात्मक रुपमा हेर्ने हो भने विद्यालयहरुको संख्या वढेको- वढैछ ।
तर अधिकंश विद्यालयमा हेर्दा विद्यार्थीको उपस्थिति अति नै न्यून रहेको देखन सकिन्छ विद्यालयमा अती न्यून उपस्थिति रहेको कारण शिक्षकहरुले घाम तापेर, मोबाइल चलाएर समय विताइरहेको देखिनु अनौठोकुरा होईन विद्यालय सञ्चालन भए पनि विद्यार्थी नै आउन छाडे भने त्यसको कारण खोज्ने अभिभाबकलाई भेटेर विद्यार्थी आएको विषयमा चासो लिने खाजाको व्यवस्था तथा नियमित कक्षा सञ्चालनमा ध्यान दिने गरियो भने अवस्था यो हदसम्म विग्रन पाउने छैन ।
सरकारले शिक्षा क्षेत्रमा लगानि गर्दै जाने तर त्यसको उपलब्धि चाहि सोचे अनुरुप नरहेको हो । भने शैक्षिक स्तरमा कसरी सुधार ल्याउन सकिएला ? सरोकार वाला सबैले यश विषयलाई गम्भीरताका साथ लिन जरुरी छ ।