०९ माघ २०८१, बुधबार

नगरपालिकाको व्रहमलुट (सम्पादकीय)

शान्तिसुरक्षामा अपुगछ भन्दै राजविराज नगरपालिकाले नगरको बजारक्षेत्रमा सि सि टि भी जडान गर्न लगायो ठुलो बजेट खर्च गरेर हतार हतारमा जडान गरिएका कतिपय सि सि क्यामरा अहिले चोरीसमेत भईसकेका छन् भने कतिपय सि सि क्यामरा नचलेको अबस्था छ । क्यामरा जडान गरेर पनि चोरी नियन्त्रण हुन सकिरहेको छैन । तस्करी समेत निर्बाध चलिरहेकोछ । तस्करीका कारणले भन्सारको राजस्व संकलन समेत प्रभावित बन्दै गएको छ। यही तस्करीका कारण राजविराज को बजार सुकदै गएको छ ।

हालसालै छिन्नमस्ता गाउँपालिका वडा नं.२ निवासी सुधिर झाको शव राजबिराज नगरपालिका कार्यलयको छेउमै रहेको खेलकुद विकास समिति कार्यालय परिसरमा रहेको कभर्ड हलको झ्यालमा झुण्डिएको अवस्थामा फेला परेको थियो । त्यहाँको सि सि क्यामराको फोटेज चेक गर्न जादा त्यहाँ रहेको सि सि क्यामरानै बिगि्रएको थियो।

नगरपालिकाको करोडौं खर्च भएपनि नगरबासीले खासै राहत महसुस गर्न सकिरहेका छैनन् । नगरपालिकाका जनप्रतिनिधिको सुबिधामै ठुलो रकम खर्च भएको भन्दै तिब्र असन्तुष्टि वढदो छ।

नगरपालिकाको गाडीको दुरुपयोग नगरपालिकाबाटै व्यहोरिने डिजल र पेट्रोल खर्चका कारण विकासिय काममा लगाउनु पर्ने वजेटको व्यपक दुरुपयोग वढ्दो छ। नगरपालिकाकै असन्तुष्ट कतिपय जनप्रतिनिधिले व्रहमलुट चल्दा पनि सम्बन्धित निकायले चासो नलिएको भन्दै आरोपलगाउन थालेका छन्।

आफु- आफु मात्रै कमाउने र मोजमस्तीगर्ने अनि नगरपालिकाको व्यवहार वढाउने तिर मात्रै लागने हो भने नगरपालिकाका लागि विकासिय काम कहिले गर्ने सकिएला।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]