०९ बैशाख २०८२, मंगलबार

गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

काठमाडौं । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भू-भागहरूमा हुस्सु / कुहिरो लागेको छ।

पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण ती क्षेत्रमा मौसम बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र गण्डकीको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशमा पनि आज रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा मौसम आंशिक बदली भइ हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेशमा भने मौसम पूर्णरुपमा सफा रहनेछ ।

मौसम पूर्वानुमान हिमपात
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]