
काठमाडौं । महानगर यातायात प्रालिले टाटाका थप ४० वटा बसहरु संचालनमा ल्याएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी बिहिवार देखि टाटाका थप ४० वटा बसहरु संचालनमा ल्याएको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिएका हुन । उनका अनुसार नयाँ बस थपिएसंगै हाम्रा बसहरुको संख्या ८९ पुगेका छ ।
उनले भने हाल काठमाडौंको चक्रपथमा यात्रुहरुलाई सेवा दिदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजैदेखि संचालनमा ल्याउँदैछ ।
नयाँ बस थपिएसंगै हाम्रा बसहरुको संख्या ८९ पुगेको छ । सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठज्युको हातबाट ती बसहरुको चावी लिदै गर्दा थप जिम्मेवारी महसुस गरेका छौं ।
नयाँ बसहरु संचालनमा आएसंगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ । आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी,गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलिखेल सम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गर्नेछ ।