०३ बैशाख २०८२, बुधबार

गजेन्द्र बाबुको २४औं पुण्यतिथिको अवसरमा आयोजित विचार गोष्ठि सम्पन्न

काठमाडौं । गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रद्वारा आज गजेन्द्र बाबुको २४औं पुण्यतिथिको अवसरमा काठमाडौं लगायत मधेशको विभिन्न जिल्लाहरुमा ‘गजेन्द्र बाबुको चिन्तन र मधेशको भावी कार्यदिशा’ विषयक विचार विमर्श कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा बोल्ने सम्पुर्ण नेताहरुले गजेन्द्र बाबुले विकट परिस्थितिमा गरेको अधिकार पहिचानको आन्दोलनको प्रशंसा गरेका छन् ।

साथै सबै मधेशवादी पार्टीहरुले पुनः सहकार्य गर्नुपर्ने र आदिवासी जनजाति लगायत उत्पीडित अन्य जाति र समुदायसँग समेत सहकार्य गर्नुपर्ने बताएका छन् । कार्यक्रमको संचालन केशव झाले गरेका थिए भने अध्यक्षता अनिलकुमार महासेठले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका सहअध्यक्ष रेणु यादव, जसपाका नेता तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह, जनमत पार्टीका अध्यक्ष डा.सि के राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, तमलोपाका अध्यक्ष वृषेश चन्द्र लाल, संघीय सामाजवादी पार्टीका महासचिव अनन्त राई, नागरिक पहिलोका नेता प्रशान्त सिंह, प्राध्यापक डा. विनय मिश्र, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, अभियानी रिता साह, हिमालिनीका प्रधान सम्पादक सचितानन्द मिश्र, मधेशवाणीका सम्पादक राम सुकुल मण्डल, अभियानी कंचना झा, राजकिशोर यादव, मनिष सुमन, डा. शिवजी यादव, रामकुमार शर्मा, डा. शरद सिंह यादव, शैल कुमारी देवि, कमला कुमारी गुरुङ, सन्तोष मेहता, बुद्ध छिरिङ मोक्तान, सुमन सायमी, जुनतारा पुन मगर, विमला लामालगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

गजेन्द्र नारायण सिंह
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]