काठमाडौँ / संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ ।यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ८ केन्द्रीय सदस्य थप गरेको छ। अध्यक्ष महन्थ ठाकुरले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।मनोनीत हुनेमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेका छन्।योसँगै लोसपाको केन्द्रीय समिति ३५५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेजस्तो नहुने टिप्पणी गरेका छन् । आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने बताएका हुन् ।उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताए । उनले नयाँ राजनीतिक शक्तिहरूलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए ।
धरान, मङ्सिर २२ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीमा विरोध गर्न पाइने बताउनुभएको छ ।शुक्रबार धरानमा आयोजित नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा “गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार” वितरण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । “हाम्रो पार्टी
काठमाडौं : भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।बुधबार साँझ नयाँदिल्लीस्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको बीआइएस प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु र चिनी आयातमा सहजीकरण गर्नेलगायत द्विपक्षीय हितका विषयमा छलफल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरूले गणतन्त्रलाई बिचौलियाहरूको हितका लागि प्रयोग गरिरहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । ‘गणतन्त्र त आयो तर, त्यो गणतन्त्र जनताकै हुन्छ कि हुँदैन भन्ने कुरा महत्त्वपूर्ण थियो र छ । प्रतिक्रियावादीहरूले गणतन्त्रलाई बिचौलियाहरूको हितका निम्ति प्रयोग गर्दैछन्
चीनको औचापरिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी)को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उहाँले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । “समृद्ध
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ . अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो । प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जनप्रगतिशील
राजविराज सप्तरी – राजविराजमा चाड पर्वलाई मध्यनजर गर्दै ड्रिम नेपाल युवा संघको आयोजनामा , राजबिराज नगरपालिकाको सहयोग र सप्तरी युथ नेपालको सहकार्यमा यही कार्तिक ९ गते देखि कार्तिक २६ गतेसम्म राजविराजको राज रङ्गशालामा मेला लाग्ने भएको छ। मेलामा स्थानीय कला, संस्कृति, परम्परा तथा युवाहरूको साँस्कृतिक तर्फको सक्रियतालाई प्रवर्द्धन गर्ने उद्देश्य ले मेला लगाउन खोजिएको हो।