काठमाडौँ, ६ पुस :लागूऔषध मुद्दामा थुनामा रहेका व्यक्तिलाई थुनामुक्त गराइ दिन्छु भनेर रकम लिने तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउँद, २२ वर्षीय रमेश साउँद र १९ वर्षीय हर्क साउँद रहेका छन् । थुनुवाको परिवारबाट लिएको ३९ हजार पाँच सय भारुसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो
जनकपुरधाम – महोत्तरीको मनरा सिसवा नगरपालिकामा डाँका समूहले एकजनाको हत्या गरेको छ।आज बिहान करिब ३/४ बजेतिर आएको डाँकाको समूहले मनरा सिसवा–४ साँढाका ७० वर्षीय सुशील झाको घरमा लुटपाट गर्दै उनको हत्या गरेको महोत्तरी प्रहरीले जनाएको छ।महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले डाँकाको तीन/चार जनाको समूहले झाको घरबाट औँठी, मंगलसुत्रलगायतका सामान लुटेरसमेत लगेको
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पहुँचका आधारमा योजना छनोट गर्ने चलनको अन्त्य गर्नुपर्ने बताएका छन् । कुनै पहुँचवाला वा शक्तिमा रहेको व्यक्तिको प्रभावका भरमा योजना तर्जुमा गर्न नहुने उनको भनाइ छ ।काठमाडौंको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसको ३४औ वार्षिक उत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै आवश्यकता र प्राथमिकतामा आधारमा छनोट भएका योजना मात्र
तनहुँका आठ स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सर्वसाधारणलाई सहज भएको छ । राष्ट्रिय परिचयपत्र लिनका लागि दमौली पुग्नुर्ने बाध्यता रहेकामा स्थानीय तहबाटै प्राप्त गर्ने अवसर मिलेसँगै सर्वसाधारणलाई सजिलो भएको हो ।जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको सहायक
दाङ — घोराहीमा शुक्रबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० का ४४ वर्षीय दिलिप केसी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए ।दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको उनले जानकारी दिए ।दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन्
सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ।नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो। नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजा सहित भव्य स्वागत गरिएको थियो।नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डे सहितका
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब १०ः३० पुरानो प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार बम पुरानो खिया लागेको अवस्थामा थियो। बम कसले र कहिले
काठमाडौँ, ५ पुसः सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेका छन् । कम्पनीको अनलाइन बैंकिङ प्रणाली ह्याकिङ गरी खाताबाट पैसा चोरी भएको हो ।सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको खातामा भएको यस्तो ह्याकिङमा अन्तर्राष्ट्रिय समूह संलग्न रहेको आशंका गरिएको छ । कम्पनीको उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दा (अभियोगपत्र) आज (शुक्रबार) अदालतमा दर्ता गर्ने तयारी गरेको छ ।मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरिएकाले उनीविरुद्ध आजै अभियोजन दर्ता गरिने तयारी गििरएको सरकारी वकिलको
काठमाडौँ । आज बस्ने मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बैठक स्थगित भएको श्रोतले जनाएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी थियो । साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने