भक्तपुर । मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो ।दुर्घटनामा रामेछाप दोरम्वा गाउँपालिका–४ घर भई हाल नलिञ्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज
वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।नेपाल प्रेस युनियन पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका महतले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न समस्या भइरहेकाले जभाभावी ऋण लिन नहुने धारणा राखे । उनले विगत पाँच वर्षयता सरकारले लिएको आन्तरिक तथा बाह्य
मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटी बुझाएर छुट्नेबित्तिकै फेरि पक्राउ परेका छन्।जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंसँग ४० हजार धरौटी माग गरेपछि उनी धरौटी बुझाएका थिए।नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत धरौटी माग भएको थियो।विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार प्रसाईंमाथि साइबर
मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जनाएको छ ।बैठकका एजेन्डाहरू खुलाइएको छैन । साँझ पाँच बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला मोरङबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन् ।अग्रवालले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय रंगेलीले उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत
कैलालीमा छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।मंगलवार टिकापुर नगरपालिका–८ फाँटास्थित हुलाकी सडकखण्डमा सत्तीबाट राजपुरतर्फ सुदूरपश्चिम प्रदेश ०१–००८प०८१३ नम्वरको मोटरसाइकल दुर्घटना भएको थियो।सो दुर्घटनामा मोटरसाइलक चलाक टिकापुर नगरपालिका –१ का २१ २१ वर्षका रामकुमार चौधरी र मोटरसाइल पछाडी सवार २२ वर्षीय बिनोद चौधरी घाइते भएका थिए।दुर्घटनामा टाउकोमा चोट लागी गम्भिर घाइते रहेका
काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान काठमाडौँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।जल तथा मौसम
तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ ।विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ ।केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छ भने कतिपय विमानस्थल
काठमाडौं : कुवेत पुर्याएर मानव बेचबिखन गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-६ का २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय टिकाराम तामाङ रहेका छन्।मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार जाहेरवाला परिबर्तित नाम २६ बबरमहल (३५८)लाई फ्रि भिषा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने कुवेत देशमा घरेलु काममा लगाइदिने प्रलोभन देखाएको खुलेको
काठमाडौं । सरकारी वकिल कार्यालय पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान लिन सुरु गरिएको छ । पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीको बयान लिन सुरु गरिएको हो ।मंगलबार बिहानैदेखि उनीहरूसँग बयान लिइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार (हिजो) काठमाडौं हुँदै विमानमार्फत