अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढेको छ ।सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा छानबिनका लागि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि ‘प्रतिशोधपूर्ण व्यवहार’ रोक्न माग गरेका छन् ।लामिछानेलाई सरकारले अमानवीय व्यवहार गरिरहेको अध्यक्ष दाहालको दाबी छ । सामाजिक सञ्जालमार्फत दाहालले सोमबार सरकारसँग लामिछानेविरुद्ध अमानवीय व्यवहार नगर्न आग्रह गरेका हुन् ।
काठमाडौं । सहकारी बचत अपचलन प्रकरणमा रवि लामिछानेलाई बयानका लागि काठमाडौं हुँदै वीरगन्ज लैजाने तयारी गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार रविलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । त्यसपछि उनलार्य आजै सिमराको उडानबाट वीरगन्ज पठाइने छ ।यस्तै, अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई भने स्थलमार्ग हुँदै वीरगन्ज पुर्याइएको छ ।
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए। फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ ।“अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका
जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि दुर्व्यवहार नगरिएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको भनिएको विषय भ्रामक रहेको बताए ।लामिछानेलाई प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई प्रहरी नायव उपरीक्षक(डीएसपी)को कमाण्डमा चितवनबाट
देवराज यादव। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सप्तकोशी न्यूरो अस्पतालका अध्यक्ष रामबाबु गिरिका सहायक सम्राट कराखेतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।खुकरी देखाएर सर्वसाधारणलाई आतंकित वनाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।बिहिबार राति भोक्राहा नरसिंह गाउँपालिका–५ का याकुव मियाँको उपचारको क्रममा मृत्युु भएको विषयमा आइतबार छलफल बोलाईएको थियो। छलफलमा सहमति ननिस्किएपछि मृतकका आफन्तलगायतले अस्पताल घेराउ गरेका
पर्सा ।। पर्सा जिल्लाको बहुवर्वाभट्टा स्थित ट्राफिक चेक पोस्टमा आज बिहान एउटा घटनाले सबैको ध्यान तानेको छ। ट्राफिक प्रहरीले बालुवा बोकेको प्रदेश २-०-०३-००१ त ५५०२ नम्बरको ट्याक्टरबाट पैसा लिइरहेको समयमा गढीमाई मेला जाने क्रममा अर्को भारतीय ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा भारतीय नम्बर प्लेटको ट्याक्टरमा ठूलो क्षति पुगेको छ। दुर्घटनाको प्रमुख कारण ट्राफिक चेक
राजबिराज नगरपालिका वडा नं.-७ मा रहेको महेन्द्र क्लबको झ्यालमा एक व्यक्तिको झुन्डिएको अवस्थामा शव फेला परेको छ। घटनास्थलको अवस्था र शवको स्थिति हेर्दा यो आत्महत्या होइन, हत्या हुनसक्ने स्थानीयको दाबी छ। मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। सदरमुकामकै बीचमा डर लाग्दो घटनाराजबिराजको मुख्य बजार क्षेत्रमा दिनदहाडै यस्तो घटना हुँदा स्थानीय त्रसित छन्। “बिच बजारमै यस्तो
काठमाडौं- प्राचीनकालमा स्थापित पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन लागिएको छ । पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा उल्लेख भए पनि अहिले लोप जस्तै थिए ।ऐतिहासिक महत्वका इनार लोप भयो भन्ने गुनासो बढेपछि काठमाडौँ महानगरपालिका–८ को सक्रियता र पुरातत्व विभागको सहयोगमा महत्त्वपूर्ण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् । दमक बिजनेस भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन उनी झापा जान लागेका हुन् । ओली सोमबार पनि झापामा विभिन्न कार्यक्रममा सहभागी हुने तयारी रहेको सचिवालयले जानकारी दिएको छ ।