धादिङ : पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ। एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडी त्रिशूली नदीमा खसेको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।
जनकपुरधाम । विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गराएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा शनिवार राति मन्दिर परिसरमै हिन्दू परम्परा अनुसार परिषद्ले सामूहिक विवाह गराएको हो । विवाहमा लागेको सम्पूर्ण खर्च परिषद्ले व्यहोरेको छ ।परिषद्का धनुषा अध्यक्ष सन्तोष साहले दाइजो प्रथा अन्त्य गर्न विगत ६
प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा १८ तले भवन (भ्यूटावर) को उद्घाटन गर्ने भएका छन् । झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।दमक बिजनेस कम्प्लेक्स नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त
काठमाडौं – लामो समयदेखि पाठेघरको गम्भीर समस्याबाट आक्रान्त एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार गरिएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानकी ५० वर्षीय सरस्वती कुँईकेलको बुधबार दूरबिनको माध्यमबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो । गत मङ्गलवार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी कुँईकेलको कलेजकी स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख प्रा।डा। रिता मरहठ्ठा नेतृत्वको
धनुषा – मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष प्रदेशमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ । गएको आर्थिक वर्षमा १२ लाख ९६ हजार ६ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ ।समयमै पानी परेको, मल तथा बीउ
चितवनको राप्ती नगरपालिकामा गएराति गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ।हेटौँडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राति ११ बजेतिर राप्ती नगरपालिका- १ स्थित पिप्लेमा ठक्कर दिँदा राप्ती-२ का २८ वर्षीय सन्दीप रुवालीको मृत्यु भएको हो।भ्यानको ठक्करबाट गम्भीर घाइते भएका सन्दीपलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो। चिकित्सकले राति सवा
मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीअन्तर्गत राम र जानकीको विवाह सम्पन्न भएको छ । शुक्रबार साँझदेखि जानकी मन्दिरमा मिथिलाको वैदिक परम्परा अनुसार राम र जानकीको विवाहको विधि रातर चलेको थियो । त्यसअघि हिजो मुख्यदिन ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा राम र जानकीको डोला फेर गरी स्वयम्बर भएको थियो । दुवै डोला जनकपुरको परिक्रमा गरी जानकी मन्दिर
मंसिर, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका छन् ।स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा उनी बिहीवार पक्राउ परेका हुन् ।डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि
आजु मिथिला नगरिया निहाल सखिया,चारों दुलहा में बड का कमाल सखिया!यी र यस्ता धार्मिक लोक गीतले अहिले जनकपुरधाममुग्ध छ। कारण साताव्यापी विवाहपञ्चमी महोत्सवको शुक्रबार मुख्य दिन जानकी मन्दिरमा रामसीताको विवाह हुँदैछ।त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको सम्झानामा जनकपुरधाममा मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव मनाइन्छ। शुक्रबार दिउँसो साधुसन्तको अगुवाइमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान
मंसिर, जनकपुरधाम । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो ।शीरछेदन भएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको थियो । उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ । शरीर नग्न अवस्थामा थियो ।