नेपाल प्रहरीमा खुल्यो १२ सय २३ जनाको जागिर

काठमाडौँ । नेपाल प्रहरीमा ठूलो संख्यामा आवेदन माग भएको छ । जवानदेखि भान्छे, कुचिकारसम्मका लागि नयाँ भर्ना खुलेको हो ।नेपाल प्रहरीले आज सूचना प्रकाशित गरी प्रहरी जवान (जनपद)मा ११ सय ६५ पदमा भर्ना खुलाएको हो। सूचनामा ४७ भान्छे र ११ कुचीकारका लागि पनि आवेदन माग भएको छ।नेपाल प्रहरीले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस

तारा एयर लाइन्सले सुर्खेतदेखि हिमाली ३ जिल्लामा उडान

मुग । लामो समय देखी सुर्खेत विमानस्थलबाट उडान नभएका कर्णालीका ३ जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरु गरेको छ ।लामो समयपछि सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरलाइन्सले उडान सुरु गरेपछि सबैभन्दा बढी सुर्खेतमा बसोबास गर्दै आएका साविक कर्णालीका स्थानिय र अध्यनरत बिद्यार्थीहरु लाभान्वित भएका छन् ।सुर्खेतबाट कर्णालीका ३ हिमाली जिल्लामा हिमाली टुर्स एण्ड

उद्योग, वाणिज्य मन्त्री भण्डारी र भारतीय समकक्षी जोशीबीच भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।बुधबार साँझ नयाँदिल्लीस्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको बीआइएस प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु र चिनी आयातमा सहजीकरण गर्नेलगायत द्विपक्षीय हितका विषयमा छलफल

एमालेबाट चुनाव लड्न टिकट नपाएपछि दुर्गा प्रसाईं अरूको खेलौना बन्न पुगेको सूर्य थापाको आरोप

काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले एमालेबाट चुनाव लड्न झापामा टिकट नपाएपछि दुर्गा प्रसाईं अरूको खेलौना बन्न पुगेको आरोप लगाएका छन् । उनले देशको राष्ट्रिय हित र नेपालीहरुको राष्ट्रिय स्वाभिमानको विरुद्धमा दुर्गा प्रसाईं अरुद्धारा चलाईएको कठपुतली भएको पनि आरोप लगाए ।हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता

विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान कस्ले चाेर्याे?

काठमाडौँ, २० मङ्सिरः हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड  बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको  छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन भएको

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।बुधबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा

पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेटको क्षेतिमा १३८ रन बनाएको हो।पोखराका लागि मार्कस क्रिटलेले ३५, माइकल लिस्कले २५, आन्द्रेस गौसले २०, रेमन रिफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १०

चिसो छल्न गाउँ छाड्दै घुन्सावासी

ताप्लेजुङ, मङ्सिर २० गते । ताप्लेजुङको हिमाली बस्ती लेलेपको घुन्सा र पापुङको तोक्पेगोलाका बासिन्दाले चिसो छल्न गाउँ छाड्न थालेका छन् । माथिल्लो भेगमा चिसो बढ्न थालेपछि यहाँका बासिन्दाले गाउँ छाड्न थालेका हुन् ।फक्ताङ्लुङ गाउँपालिका–६, लेलेप, घुन्साको उचाइ समुद्री सतहदेखि तीन हजार ४७५ मिटर रहेको छ । जिल्लाकै उच्च हिमाली बस्ती ओलाङचुङ्गोलाको याङ्मा (चार हजार २०० मिटर)

फ्रान्सको सरकार ३ महिनामै ढल्यो

अविश्वास प्रस्तावमा हारेपछि फ्रान्सको इतिहासमा सबैभन्दा कम समय पदमा रहने प्रधानमन्त्री मिशेल बर्निये बनेका छन् ।२० मंसिर, काठमाडौं । फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वास प्रस्तावबाट सरकार ढलेको छ । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि तीन महिना अघि मात्रै प्रधानमन्त्री बनेका मिशेल बर्निये पदमुक्त भएका छन् ।बीबीसीका अनुसार फ्रान्समा अविश्वास प्रस्तावबाट सरकार ढलेको सन् १९६२ पछि

सुन्तलाको उचित मूल्य नपाएको रामेछापका किसानको गुनासो

रामेछापको सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। मन्थली नगरपालिका-१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार ८०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए।आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको उनको भनाई